जिके पोख्रेलको शब्द र संगीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ । नृत्यप्रधान गीतमा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ।
म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन्। प्रकाश खरेलले संगीत संयोजन र मिक्सिङ–मास्टरिङ गरेको गीत म्युजिक नेपालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
राजाराम सिंखडाको नृत्य निर्देशनमा कलाकारद्वय विमल अधिकारी र स्मारिका ढकालको अभिनय छ। राजेश घिमिरेले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन र कलरिङ दीपक विष्टले गरेका हुन्।
गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडियोको निर्देशक नरेन्द्रराज भट्टराई हुन्।