स्कटल्यान्डले दियो नेपाललाई १४१ रनको लक्ष्य

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

स्कटल्यान्डले घरेलु टोली नेपाललाई आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा १४१ रनको लक्ष्य दिएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेकी हुन् । स्कटल्यान्डले २० ओभरमा नाै विकेट गुमाउँदै १४० रन बनाएको हो । 

नेपालका लागि   स्पिनर मनीषा उपाध्यायले  सर्वाधिक चार विकेट लिइन्।  मनीषाले पावरप्लेमै तीन विकेट लिएपछि स्कटल्यान्डले मात्र २८ रन जोडेको थियो। स्कटल्यान्डका लागि  प्रियांनज चटेर्जीले सर्वाधिक ४५ रन बनाइन् । लिस्टनले २२ रन जोडिन् । नेपालका लागि मनीषाले चार विकेट लिँदा पूर्वकप्तान रुविना क्षेत्रीले  तीन विकेट लिइन् ।

आज दुवै टोलीलाई सुपरसिक्समा पुग्न जित्नैपर्ने दबाब छ । आजको खेलमा पराजित हुँदा नेपालको सम्भावना सकिनेछ ।

सुझावित समाचार