फेरिल्यान्डले बिएमसिएलाई हरायो

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर पुरुषमा बिएमसिएलाई हराएको छ । फेरिल्यान्डले जुनियर महिलामा पनि जित निकालेको छ ।

जुनियर महिलामा फेरिल्यान्ड ‘ए’ले सेन्ट जोसेफलाई ४४–३४ र फेरिल्यान्ड ‘बी’ले हिमशिलालाई १६–१२ ले हराएको थियो । कपनमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको जुनियर पुरुषमा ज्ञानभूमिले गोल्डेनपिकलाई १५–१० ले निराश बनायो । एन्जल्स हार्टले ज्ञान संस्कारमाथि २७–१८ को जित हात पारेको छ । जेबी स्कुलले ग्रिनल्यान्डलाई २३–१७ ले पाखा लगायो । 

सुझावित समाचार