छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा न्यु डायमन्ड स्पोर्टस् र पर्वत भलिबल संघले अपराजित यात्रा जारी राखेका छन् । पुरुषतर्फ पर्वत र महिलामा न्यु डायमन्डले लगातार दोस्रो जित निकालेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा महिलातर्फ उत्कृष्ट फर्ममा रहेको न्यु डायमन्डले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्डले एपिएफविरुद्ध २५–१७, २५–२१ र २५–२३ ले विजयी रह्यो ।
यसअघि न्यु डायमन्डले त्रिभुवन आर्मीलाई हराएको थियो । दुई खेलमा एपिएफको पहिलो हार हो । महिलातर्फ कठिन जित हात निकाल्ने क्रममा थाइल्यान्ड क्विन्सले नेपाल पुलिल क्लबलाई ३–२ को सेटमा पराजित गर्यो । दुई सेटले पछि परेको अवस्थालाई उल्टाउँदै क्विन्सले जित निकालेको हो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जितेको थियो । त्यसपछि क्विन्सको उत्कृष्ट पुनरागमन भयो ।
क्विन्सले लगातार २५–२३, २५–१४ र १६–१४ ले खेल आफ्नो पक्षमा पार्यो । खेल बराबरी भएको अवस्थामा पर्वतले २५–१९ र २५–१५ ले खेल जित्यो । यसअघि पर्वतले आफ्नो पहिलो खेलमा पुलिसलाई पराजित गरेका थियो । विभागीय डर्बीमा पुलिसले आर्मीलाई ३–१ ले निराश पारेको छ ।