नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन्। आइतबार सिंहदरबारमा बसेको नेकपाको राष्ट्रिय सभा संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गर्ने निर्णय गरेको हो।
त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको पार्टीका संयोजक प्रचण्डको सचिवालयले जनाएको छ।
दलका नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा नयाँ टिम गठन गरेको हो।