कोशीमा राष्ट्रिय सभाको मतदान शान्तपूर्वक : एक महिला र एक दलित सदस्यका लागि चुनावी प्रतिस्पर्धा

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशका लागि राष्ट्रिय सभामा सदस्य निर्वाचनको मतदान विराटनगरमा शान्तपूर्वक भइरहेको छ ।आगामी २० माघदेखि रिक्त्त हुने तीन जना राष्ट्रिय सभा सदस्यहरूका लागि विराटनगरको सोमबारेहाटस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदान आइतबार बिहानदेखि शान्तपूर्वक भइरहेको हो ।  

निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कोशी प्रदेशमा पालिका प्रमुख र उपप्रमुख अनि प्रदेश सांसदहरूले  मतदान गर्नेछन् ।

दिउँसो १ बजेसम्म प्रदेश सांसदहरू ७५ जना र पालिका प्रतिनिधिहरूतर्फ २२५ जनाले मतदान गरिसकेका छन् । कोशीमा प्रदेश सांसदतर्फ ९७ जना र पालिकातर्फ २६७ जना मतदाता छन् ।

प्रदेश सांसदको मतभार ५३ र पालिका प्रतिनिधिको मतभार १९ रहन्छ ।  कोशी प्रदेशमा अन्य समूहबाट एक, महिलाबाट एक र दलितबाट एकजना सदस्य चयन हुनेछन् । जसमा अन्यतर्फ कांग्रेसका सुनीलबहादुर थापा मनोनयनकै दिन निर्विरोध निर्वाचित भइसकेका छन् । अब महिलातर्फ नेकपाकी नमिना न्यौपाने र एमालेकी रोशनी मेचे र दलिततर्फ खेमराज सुन्दास र एमालेका सोमनाथ पोर्तेलबिच चुनावी प्रतिस्पर्धा छ ।   
 

सुझावित समाचार