इतिहासमा आज

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

सन् १८४० : अमेरिकी समुद्री अन्वेषक चाल्र्स विल्किसको नेतृत्वको टोलीले पहिलोपटक अन्टार्कटिका महादेश पत्ता लगायो ।

सन् १९१८ : अखिल रुसी सोभियत कंग्रेसको तेस्रो बैठकले रुसलाई रुसी सोभियत गणतन्त्र घोषणा गर्यो ।

सन् १९१९ : पेरिस शान्ति सम्मेलनका प्रतिनिधिले ‘लिग अफ नेसन (राष्ट्र संघ)’को गठनसम्बन्धी प्रस्ताव स्वीकृत गरे ।

सन् १९३९ : विश्वको पहिलो सफल आणविक विच्छेदन प्रयोग अमेरिकाको कोलम्बिया विश्वविद्यालयको पुपिन हलमा सम्पन्न भयो ।

सन् १९४९ : इजरायलमा भएको पहिलो आमनिर्वाचनमा डेबिड बेन गुरियन नेतृत्वको मपाई पार्टी विजयी भयो ।

सन् १९७४ : डा. क्रिस्चियन बनार्डको नेतृत्वमा विश्वको पहिलो मानव मुटु प्रत्यारोपण सफल भयो ।

सन् १९८१ : इरानमा बन्धक रहेका ५२ अमेरिकी नागरिक ४४४ दिनपछि मुक्त गरिए ।

सन् १९८१ : माओकी विधवा श्रीमतीलाई मृत्युदण्डको सजाय सुनाइयो । दुई वर्षपछि आजकै दिन सर्वोच्च अदालतले उनको सजाय घटाएर जन्मकैद बनाएको थियो ।

सन् २०२१ : ज्यानेट यलेन अमेरिकाकी पहिलो महिला वित्तमन्त्री बनिन् ।

सन् २०२३ : जेसिन्डा आर्डेनको राजीनामापछि उनकै पार्टी (लेबर)का अर्का नेता क्रिस हिप्किन्सले प्रधानमन्त्रीको शपथ लिए ।

सुझावित समाचार