पुसमा ६२ हजार युवा वैदेशिक रोजगारीमा, साउदी अरेबियामा सबैभन्दा धेरै

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

रोजगारीका लागि पुसमा ६२ हजार ५५९ युवा बिदेसिएका छन्। यीमध्ये सबैभन्दा धेरै साउदी अरेबियामा १३ हजार ३२७ श्रमिक गएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार रोजगारी खोज्दै १०५ मुलुकमा युवाहरू पुगेका छन्। सरकारले ११० मुलुक श्रम गन्तव्यका लागि खुला गरेको छ। नेपाली श्रमिकका लागि पछिल्लो तीन महिनायता साउदी अरेबिया पहिलो रोजाइ बन्दै आएको छ। जेन–जी आन्दोलनयता युएईले नेपालीलाई भिसामा कडाइ गरेका कारण नेपाली श्रमिक साउदीतर्फ मोडिएका हुन्।

पुसमा साउदीपछि कतारमा १२ हजार ४६, युएईमा नाै हजार ५१७, मलेसियामा आठ हजार ५३२ र कुवेतमा चार हजार ३११ नेपाली श्रमका लागि पुगेका विभागको तथ्यांक छ।

मंसिरको तुलनामा पुसमा रोजगारीका लागि बिदेसिनको संख्या भने कम हो। मंसिरमा विभिन्न १०८ मुलुकमा ६५ हजार ७०५ युवा गएका थिए।

सुझावित समाचार