मन्जुश्री फाइनान्सको २८औँ शाखा थापाथलीमा

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

मन्जुश्री फाइनान्स लिमिटेडले थापाथलीस्थित आफ्नै भवनमा २८औ शाखा विस्तार गरेको छ । फाईनान्सले बिहीबारदेखि थापाथलीस्थित भवनबाट कार्य सञ्चालन गरेको हो । 

फाइनान्सले हाल २७ वटा शाखा तथा एक एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । 

पुस मसान्तसम्ममा फाइनान्सले २४ अर्ब तीन करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २०.०३  रुपैयाँ रहेको छ ।

पुस मसान्तको कुल नाफा १३ करोड ५४ लाख रहेको यस फाइनान्सले ग्राहक सेवा तथा डिजिटल बैंकिङमा अग्रसर रही ग्राहकहरूका लागि फोनपेसँगको सहकार्यमा मन्जुश्री फोनपे भर्चुअल क्रेडिट कार्ड सेवासमेत सुरुवात गरेको छ ।

सुझावित समाचार