सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरणको सफलतापछि आफ्ना ग्राहकहरूका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ।
उक्त योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको क्यासब्याक पाउने छन्।
यो योजना २०८३ साल असारसम्मका लागि लागू हुने बैंकले जनाएको छ।
बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।