राप्ती राजमार्ग आजदेखि दैनिक पाँच घण्टा बन्द

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण

राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखन्ड आजदेखि दैनिक पाँच घण्टा बन्द भएको छ। पैयाँखोरियादेखि राम्रीसम्म सडक स्तरोन्नतिको काम गर्नका लागि आजदेखि २५ गतेसम्म दैनिक पाँच घण्टा सडक पूर्ण रूपमा बन्द गरिएको हो।

बिहान ११ बजेदेखि ४ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहने सडक डिभिजन कार्यालय दाङले जनाएको छ। सो अवधिमा वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले यात्रु तथा सवारीसाधनलाई आग्रह गरेको छ। 

यात्रुहरूले पैयाखोरिया, सातावास, किमुचौर कपुरकोट सडक तथा तुलसीपुर–कालीमाटी–लुहाम सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्नेछन्।
 

सुझावित समाचार