शुक्रबार सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एजेन्डा

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा चयन भएका गगन थापाले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। पार्टी कार्यालय, सानेपामा बैठक बस्न लागेको हो। 

सभापतिमा चयन भएपछि पहिलोपटक उनी पार्टी कार्यालय जान लागेका हुन्। यसअघि बानेश्वरको पार्टी प्यालेसमा नयाँ कार्यसमितिको बैठक बसेको थियो। 

अदालतबाट समेत प्रारम्भिक सुनुवाइमा गगनकै पक्षमा आदेश आएपछि शेरबहादुर देउवा पक्षले उनलाई पार्टी कार्यालय दिन तयार भएको हो। शुक्रबारको बैठकमा उनलाई नेपाली कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवारको घोषणा गर्ने कार्यसूची रहेको एक नेताले बताए। 

थापा सर्लाही ४ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। उनकै नेतृत्वमा कांग्रेसले १६५ क्षेत्रमा उम्मेदवार छानेको हो। 

सुझावित समाचार