‘ग्लोबल हाटबजार’को ५०औँ हप्ता पूरा

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले ५०औँ हप्ता पूरा गरेको छ । बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ बाट ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो । बैंकले शुक्रबार ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजनासमेत गरेको थियो । 

‘उद्यमीको उत्पादन, ग्लोबल आइएमई’को प्रोत्साहन भन्ने नारासहित उत्पादित उत्पादनलाई बजारसम्म पहुँच विस्तार गर्न बैंकको काठमाडौंको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारको ५०औँ हप्ता प्रवेश अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले साना तथा मझौला उद्यमीले भोग्ने गरेको बजारीकरणको समस्याबारे प्रकाश पारेका थिए । उनले यस्ता समस्या भोगेका उद्यमीलाई राहत दिने प्रयासस्वरूप हाटबजार सञ्चालन गरिएको बताए । हाटबजारमार्फत खाद्य उत्पादनकर्ता, किसान, हस्तकला उत्पादक, दिगो साना र मझौला उद्यमले आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गर्न सहज भइरहेको उनको भनाइ थियो । उद्यमी तथा खरिदकर्ताको समर्थन र विश्वासका कारण हाटबजार ५०औँ हप्तासम्म पनि सञ्चालन भइरहेको बैंकले जनाएको छ । 

See More On

सुझावित समाचार