नेपालले पायो नेदरल्यान्ड्सबाट १४१ रनको लक्ष्य

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण

नेपाललाई नेदरल्यान्ड्सले आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा १४१ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४० रन बनायो । 

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० तथा रोबिन रिज्केले अविजित १९ रनको योगदान गरिन् । नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले दुई तथा सोमु विष्ट, पूजा महतो, रिया शर्माले समान एक विकेट लिएका थिए । 

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । त्यसैले नेपाल पहिलो जितको खोजीमा छ । नेदरल्यान्ड्स भने लगातार तेस्रो जित निकाल्ने रणनीतिमा छ ।

सुझावित समाचार