मलामी बोकेको गाडी दुर्घटना, एकको मृत्यु, नौजना घाइते

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

गुल्मीमा मलामी बोकेर घाटतर्फ जाँदै गरेको बोलेरे गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार गुल्मीको रुरु गाउँपालिका–१, खोल्टेपानीस्थित रिडी–खर्ज्याङ कच्ची सडक खण्डमा जोगीथुमबाट रिडी घाटतर्फ मलामी लिएर आउँदै गरेको लु१च ६९८५ नम्बरको गाडी दुर्घटनामा परेको हो। 

बुधबार दिउँसाे भएकाे दुर्घटनामा गाडी सडकबाट करिब १० मिटर तल रिडी खोलामा खसेको थियाे। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा पठाएकोमा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टीकाराम कुमाललाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।  अन्य ९ जना घाइते उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ। चालक इलाका प्रहरी कार्यालय रिडीको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ। 

सुझावित समाचार