प्रतिनिधिसभा निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका पाँचजनाविरुद्ध उजुरी परेको छ। बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी-विरोध पेस गर्ने कार्यक्रम रहेकोमा पाँच उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा दुईजना तथा सुनसरी २, रौतहट १ र कैलाली १ मा एक–एकजना उम्मेदवारविरुद्ध उजुरी परेको हो।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभरबाट कुल तीन हजार ४८७ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

सुझावित समाचार