नइ एकेडेमीले आगामी चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) काठमाडौंमा ‘नेपाल– भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ । नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि नेपाली भाषासाहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ जना प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिनेछन् ।
नइ एकेडेमीले समालोचक प्रा.डा. वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीनदिने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्न लागेको हो ।
नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका संयोजक प्रा.डा. महादेव अवस्थी छन् भने सल्लाहकारमा प्रा. केशव सुवेदी रहेको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।