एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले यी कार्ड सार्वजनिक गरेको हो । जसमा ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड रहेका छन् । यी कार्डले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ ।
नयाँ प्लाटिनम कार्डधारकले विभिन्न प्रिमियम आउटलेटमा आकर्षक छुटका साथै विमानस्थलमा लाउन्ज सुविधा पाउनेछन् । विशेष गरी धेरै यात्रा गर्ने र बैंकिङ सेवामा लचकता खोज्ने ग्राहकका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड निकै उपयोगी हुने बैंकको भनाइ छ । यस कार्डमार्फत ग्राहकले नेपालभरका कुनै पनि बैंकको एटिएमबाट नि:शुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दासमेत विशेष सहुलियत पाइनेछ ।