रास्वपा छाडेका डा.कुँवर रुपन्देही १ मा प्रलोपाका उम्मेदवार

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपा नेता डा. श्रीबहादुर कुँवरले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दर्ता गराएका छन्। रास्वपाले अन्तिम समयमा टिकट नदिएपछि उनी प्रलोपाका उम्मेदवार बनेका हुन्। कुँवर रास्वपामा आबद्ध थिए। रास्वपाको विदेश सल्लाकारका रूपमा समेत उनले काम गरिसकेका छन्। 

रुपन्देहीको देवदह नगरपालिका–२ निवासी कुँवरले अमेरिकास्थित केनेडी विश्वविद्यालयबाट सार्वजनिक नेतृत्व तथा मानव संशाधनमा व्यवस्थापनमा विद्यावारिधि गरेका छन्। अभिवक्तासमेत रहेका उनले रुपन्देही भैरहवा नमुना क्याम्पसमा लामो समय प्राध्यापनसमेत गरेका छन्। अमेरिकामा समेत प्राध्यापन एवं विश्व वित्तीय कम्पनीमा सल्लाहकारका रूपमा काम गरेको उनीसँग अनुभव छ।

यस निर्वाचन क्षेत्रमा रास्वपाबाट महामन्त्री सुनील लम्साललाई उम्मेदवार बनेका छन्। यहाँ कांग्रेसका हिराबहादुर केसी, एमालेका दधिराम न्यौपानेको पनि उम्मेदवारी परेको छ।
 

सुझावित समाचार