धनकुटामा चार स्वतन्त्रसहित १८ जनाको उम्मेदवारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा चार स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्नेमा एकजना पूर्वमन्त्रीसहित १८ जना रहेका छन् । 

एमालेबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजेन्द्रकुमार राईले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका छन् । तीनपटक निर्वाचन लड्दा दुईपटक विजयी भएका राई यसपटक जितेर ह्याट्रिक गर्ने दाउमा छन् । 

कांग्रेसबाट पार्टीका जिल्ला सभापति दिनेश राईले उम्मेदवारी मनोनयन गरेका छन् । उनी यसअघि धनकुटा नगरपालिकाको मेयरमा पराजित भएका थिए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट केन्द्रीय सदस्य धर्मराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उनी तत्कालिन जिल्ला विकास समिति धनकुटाका पूर्वसभापति समेत हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विभत्सु थापा, श्रम संस्कृति पार्टीबाट सानबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दिनेश भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट उत्तम साखकर्मीले उम्मेदवारी दर्ता गरेका छन् ।

आम जनता पार्टीबाट प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बालकुमार ताम्ली, जनता समाजवादी पार्टीबाट निशान राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट रबिनकुमार राई, जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बू, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई, मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राई र स्वतन्त्रतर्फ मनकुमार योञ्जन, जितेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

सुझावित समाचार