काठमाडौं ९ मा राष्ट्रिय जनमोर्चाबाट रोशन दानीको उम्मेदवारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट युवा नेता रोशन दानीले उम्मेदवारी दर्ता गराएका छन्। 

पत्रकारितामा लामो अनुभव रहेका दानी प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष हुन्। साथै उनी युवा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य तथा नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्यका रूपमा सामाजिक सेवामा संलग्न छन्।

राष्ट्रिय जनमोर्चाले वर्तमान संघीय संरचनाले देशलाई आर्थिक रूपमा कमजोर बनाएको, प्रशासनिक खर्च बढाएको र भ्रष्टाचारलाई संस्थागत गरेको निष्कर्षसहित संघीयता खारेजी, सुशासन, भ्रष्टाचारविरुद्ध कडा संघर्ष र राष्ट्रिय स्वाधीनताको रक्षा जस्ता मुद्दामा संसदभित्र सशक्त आवाज उठाउन सक्ने उम्मेदवारका रूपमा दानीलाई अघि सारेको जनाएको छ।
 

सुझावित समाचार