सर्लाही–३ मा नेकपाका श्रेष्ठ, एमालेका उप्रेती र रास्वपाका साहले गरे उम्मेदवारी दर्ता

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

सर्लाही क्षेत्र नम्बर ३ बाट पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सर्लाही क्षेत्र नम्बर ३ रोजाइमा पारिरहँदा एमालेका नेता उप्रेती यसै क्षेत्रका निवर्तमान सांसद हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने संविधानसभा सदस्यसमेत रहेका नरेन्द्र साहले उम्मेदवारी दर्ता गराएका छन् । उनी ०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । त्यस समय निवर्तमान सांसद उप्रेतीसँग झिनो मतान्तरले पराजित भएका थिए । नेता साहले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । 

नेता श्रेष्ठ र उप्रेती भने केही नेता कार्यकर्तासहित उम्मेदवारी दर्ता गर्न स्वयं निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
 

सुझावित समाचार