आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका डिना उपाध्याय तथा निर्वाचन क्षेत्र नम्बर २ मा बुद्ध लामाले उम्मेदवारी दर्ता गराएका हुन्।
लामाको प्रस्तावकमा ईश्वर पाठक तथा समर्थकमा रन्जन कालाखेती छन्। उपाध्यायको उम्मेदवारी दर्ताका क्रममा दामोदर खनाल प्रस्तावक र इन्द्रबहादुर बानियाँ समर्थक रहेका छन्।