सर्वाेच्च अदालतबाट गगन थापाको पक्षमा आदेश

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वाेच्च अदाललते गगन थापाको पक्षमा आदेश दिएको छ। कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा लगायत नेताले गगनपक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले १५ दिनभित्र सो मुद्दामा अन्तिम सुनुवाई गर्न आदेश दिएको छ। 

आइतबार दर्ता भएको रिटमा मंगलबार सुनुवाईपछि प्रारम्भिक आदेश भएको थियो। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अब पूर्ण सुनुवाईपछि मात्र आधिकारिताको विषय टुंगो लाग्नेछ।त्यसअघि गगन थापाले कांग्रेसको सभापतिको रुपमा काम गर्न पाउनेछन्। 

गत २७ देखि ३० पुसमा बिशेष महाधिवेशन बोलाएर गगनपक्षले नयाँ नेतृत्व चयन गरेको थियो। त्यसमा शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन। सभापतिका रुपमा थापाले १६५ क्षेत्रकै टिकट बाँढिसकेका छन्।

सुझावित समाचार