हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगको उजुरीका आधारमा पक्राउ परेका दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटेका छन्। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो । 

प्रसाईंलाई सोमबार प्रहरीले पोखरामा पक्राउ गरेको थियो। 

नेपाली कांग्रेसको आधिकारिकता विवादमा आर्थिक चलखेलका आधारमा निर्णय भएको आरोप लगाएपछि आयोगले उनीमाथि छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको थियो। सोही आधारमा साइबर अपराध मुद्दामा उनी पक्राउ परेका हुन्। उनीमाथि थुनाबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ। 

सुझावित समाचार