पूर्वसांसद तथा दिवंगत नेता चन्द्रकान्त चौधरीका छोरा अमरकान्त चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
अमरकान्त चौधरीले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन्। बुबाको निधनपछि चलिरहेको किरियाकर्मकै अवस्थामा उनले उम्मेदवारी दर्ता गराएका हुन्।
उनका पिता चन्द्रकान्त चौधरीको १२ दिनअघि निधन भएको थियो। पारिवारिक शोकको घडीमा समेत राजनीतिक जिम्मेवारी पूरा गर्दै उम्मेदवारी दर्ता गरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अमरकान्त चौधरीले दिवंगत बुबाले देखाएको राजनीतिक बाटो र जनसेवाको भावनालाई आत्मसात् गर्दै अघि बढ्ने बताए।