जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवले सप्तरी क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गरेका छन्। उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका यादव पूर्वलडाकु हुन्। उनी ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । त्यतिवेला प्रचण्ड नेतृत्वको सरकारमा उनी सिँचाइमन्त्रीसमेत बनेका थिए ।
०७४ मा जसपा अध्यक्ष उपेन्द्र यादवसँगै चुनाव लडेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रबाट लडेका उमेशले ११ हजार ५७९ मत पाउँदा उपेन्द्रले २१ हजार ६२० मत प्राप्त गरेर विजयी भएका थिए । दुई साताअघि उनी नेकपाबाट जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए ।