एमाले प्रवेश गरेका पूर्वमन्त्री प्रदीप यादवकाे पर्सा १ मा उम्मेदवारी दर्ता

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

पूर्वमन्त्री प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। दलबलसहित जिल्ला समन्वय समिति पर्साको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

मधेश आन्दोलनबाट राजनीतिमा उदाएका उनी हालसम्म तीनपटक मन्त्री बनेका छन्।

०७४ र ०७९ सालको निर्वाचनमा लगातार जनता समाजवादी पार्टी नेपालबाट जितेका उनी गत आइतबार मात्रै एमाले प्रवेश गरेका हुन्।

सुझावित समाचार