झापाको दमक चोकस्थित आकासेपुलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबिच सामान्य झडप भएको छ। बालेन शाहले उम्मेदवारी दिँदा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मनोनयन दर्ताका लागि जाने क्रममा निस्किएको टोलीबिच हात हालाहाल भएको हो।
घटनास्थलमा केही समय तनावको अवस्था सिर्जना भए पनि सुरक्षाकर्मीको उपस्थितिपछि स्थिति नियन्त्रणमा आएको बताइएको छ। झडपबाट कुनै गम्भीर क्षति नभएको र अवस्था अहिले सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ।