प्रलोपाबाट मकवानपुर १ मा तेजप्रसाद उप्रेती र २ मा सन्तोष विष्टको उम्मेदवारी दर्ता

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रलोपा उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) ले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी दर्ताका क्रममा राजेन्द्र सिंखडा प्रस्तावक र केदार अधिकारी समर्थक रहेका छन् ।

त्यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रलोपा उम्मेदवार सन्तोष विष्टले उम्मेदवारी दर्ता गराएका छन् । विष्टको प्रस्तावकमा विष्णुहरि ढकाल र समर्थकमा प्रलोक पाण्डे रहेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता प्रक्रिया तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिँदै जाँदा जिल्लाको राजनीतिक माहोल थप तातेको छ ।
 

सुझावित समाचार