एन्फाले गलत सूचना प्रवाह गरेको पूर्वअध्यक्षको दाबी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले नेपालमाथि प्रतिबन्ध हुन सक्ने एन्फाले गलत सूचनाप्रवाह गरेको दाबी गरेका छन् । थापाले सोमबार पत्रकार सम्मेलनमार्फत वर्तमान एन्फा नेतृत्वले आफ्ना गल्ती ढाकछोप गर्न फिफाको नाममा निराधार, तथ्यहीन र त्रास पैदा गराउने काममा तल्लीन भएको बताए ।

‘फिफाको एउटा पत्र सार्वजनिक गरेर एन्फाले नेपाल प्रतिबन्धमा पर्छ भनेर भ्रम सिर्जना गरिरहेको छ, जुन सरासर गलत हुरा हो । एन्फामाथि सधैँ कब्जा गरिरहने लोभमा यस्तो गलत भ्रम मात्र फिँजाइएको हो,’ थापाले भने ।

एन्फा महासचिव किरण राईले आइतबार २८ माघमा हुने निर्वाचनमा तेस्रो पक्षले हस्तक्षेप गरे फिफाले निलम्बन गर्ने बताएका थिए । नेम्वाङ नेतृत्वले घोषित निर्वाचन तत्काल रोकेर जिल्ला र प्रदेशका निर्वाचन गरे मात्र वर्तमान विवाद समाधान हुने थापाको भनाइ रह्यो । थापाले नेपालको वर्तमान फुटबल अवस्था बुझ्न फिफाबाट स्वतन्त्र प्रतिनिधि आउनुपर्ने माग राखेका छन् । 

सुझावित समाचार