जनताले नै लखेटेर भगाएकाहरूको आलोचना गर्न आवश्यक छैन : सभापति लामिछाने

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण
जनताले नै लखेटेर भगाएकाहरूको आलोचना गर्न आवश्यक छैन : सभापति लामिछाने

फाइल तस्बिर

रास्वपा सभापति रवि लामिछानेले जनताले नै लखेटेर भगाएकाहरूको आलोचना गर्न आवश्यक नभएको बताएका छन्।

जनकपुरधाममा आयोजित पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘म उनीहरूको आलोचना गर्न चाहन्न। जसलाई जनताले लखेटेर भगाए, तिनको आलोचना गरिरहन आवश्यक छैन।’

देश छाडेर गएकाहरूलाई फिर्ता ल्याउन सक्ने कानुन बनाए कसैलाई देश छोड भन्न नपर्ने उनको भनाइ छ।

सुझावित समाचार