एमभी दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

एमभी दुगड ग्रुपका अध्यक्ष एवं प्रतिष्ठित उद्योगपति मोतीलाल दुगड ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्रुपले देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ।

दुगडको ८०औँ वर्ष प्रवेशको उपलक्ष्यमा माघ ४ गते सातवटै प्रदेशका २० वटा स्थानबाट नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक र क्युरा हेल्थको सहयोगमा ५७८ जनाबाट ५७८ प्वाइन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइएको छ।

संकलित रगतबाट वीरगन्ज, बुटवल र धनगढीमा गरी तीन बिरामीको तत्कालै ज्यान जोगाउन सकिएको ग्रुपले जनाएको छ। ग्रुपले रक्तदानमा सहभागी सबैलाई आभार व्यक्त गरेको छ।

दुगडले पाँच वर्षअघि आफ्नो ७५औँ जन्मदिन मनाउँदा ग्रुपकै खर्चमा बृहत् वृक्षरोपण गर्ने कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिएको थियो। सो अभियानमा पाँच वर्षभित्र जलविद्युत् आयोजना रहेका सोलुखुम्बु, रामेछाप र दोलखामा विभिन्न प्रजातिका एक लाखभन्दा बढी बिरुवाहरू रोपी हेरचाहको व्यवस्था मिलाएको ग्रुपले जनाएको छ।

सुझावित समाचार