रास्वपाले बागलुङमा उम्मेदवार टुंगो लगायो

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङका दुईवटै क्षेत्रमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ। रास्वपाले बागलुङ १ मा सुशील खड्का र २ मा सोम शर्मालाई उम्मेदवार बनाएको हो।

आइतबार साँझ पार्टीले टिकट दिएको बागलुङ २ का उम्मेदवार शर्माले बताए। बागलुङ १ बाट उम्मेदवार बनेका खड्का बागलुङ बजारमा बसोबास गर्दै आएका छन्। उनी कृषि उद्यमी पनि हुन्। बागलुङ नगरपालिका नै घर भएर हाल काठमाडौं बस्दै आएका शर्मा विभिन्न आन्दोलनमा क्रियाशील भएका थिए। बागलुङमा यी दुई पहिलोपटक निर्वाचन लड्न लागेका हुन्।

तर, उम्मेदवार चयनमा केन्द्रले हस्तक्षेप गरेको भन्दै जैमिनी नगरपालिकाका सभापति राजेन्द्र शर्माले बागलुङ १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
 

सुझावित समाचार