राष्ट्रिय कृषि कम्पनीले आइपिओ ल्याउने

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

 स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीको साधारणसभाले आइपिओ निष्कासनको प्रस्ताव पारित गरेको छ । सभाको अध्यक्षता कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाईंले गरेका थिए । 

सभामा कार्यकारी अध्यक्ष हुमागाईंले सञ्चालक समितिको प्रतिवेदनसहित वार्षिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि छलफलपछि सभाले वार्षिक प्रतिवेदन तथा वार्षिक साधारणसभाका सम्पूर्ण प्रस्ताव सर्वसम्मत पारित गरेको बताइएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ ।

सुझावित समाचार