उद्योग वाणिज्य संघ लहानमा गुप्ता

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

सिराहाको लहानस्थित जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप गुप्ता विजयी भएका छन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष सुनीलकुमार चौधरी भएका छन् । त्यस्तै, वाणिज्य उपाध्यक्षतर्फ वसन्तकुमार साह, एसोसिएट उपाध्यक्षमा खुश्बु जैसवाल, वस्तुगत उपाध्यक्षतर्फ रामउद्गार महतो निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले जानकारी दिए ।

महासचिव रवीन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष बद्रीनारायण चौधरी, सचिव अमरनाथ साह बिजयी भएका छन् । दुई महिला सदस्यमा जानुकाकुमारी पराजुली र अनुपम झासहित खुला सदस्यतर्फ विन्देश्वर महतो, नयनकुमार यादव, वसिम अकरम, मुरारीप्रसाद साह र रामप्रकाश साह (प्रकाश) निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

संघको ३५औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत गत २ पुसमा उद्घाटन भई शनिबार भएको मतदानमा चार हजार ५५ मध्ये तीन हजार ६६ जनाले मतदान गरेका थिए । संघको निर्वाचन गत ५ पुसका लागि तय भएको भए पनि निवर्तमान कार्यसमितिका महासचिवसमेत रहेका अध्यक्ष पदका प्रत्याशी श्याम गुप्तासहित दुईजनाले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा हालेपछि स्थगित भएको २५औँ दिनपछि शनिबार मतदान भएको हो ।

सुझावित समाचार