दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्वाचन आयोगको पत्र

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

भ्रामक अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्देशन दिएको छ। निर्वाचन आयोगको विषयमा भ्रामक सूचना फैलाएको आरोप उनीमाथि छ। सोही विषयमा उनीमाथि छानबिन गर्न आयोगले प्रहरीलाई आइतबार पत्र लेखेको हो। 

प्रसाईंले नेपाली कांग्रेसको आधिकारिताको विवादमा आयोगमाथि आरोप लगाएका थिए। 

साइबर ब्युरोका एक अधिकारीका अनुसार प्रसाईंमाथि साइबर अपराध मुद्दामा अनुसन्धानको तयारी छ। प्रसाईं विगतमा पनि साइबर अपराध मुद्दामा दुईपटक पक्राउ परिसकेका छन्। 

सुझावित समाचार