सेक एन्ड फेङ रेस्टुरेन्टको युवालक्षित अफर

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौंको लाजिम्पाटस्थित सेक एन्ड फेङ रेस्टुरेन्टले युवालक्षित ‘ब्रन्च’ मेन्यु सुरु गरेको छ। जाडो मौसमलाई लक्षित गरेर सुरु गरिएको ‘ब्रन्च’ प्रत्येक शनिबार बिहान १२ः०० देखि ३ः०० बजेसम्म चल्छ।  

रेस्टुरेन्टले ‘ब्रन्च’का लागि सुसी, बेकरी, मिसो सुपलगायत एसियामा चर्चित खानाका परिकार राखेको छ। यसमा अनलिमिटेड बफे, कक्टेल र मक्टेलको व्यवस्था रहेको रेस्टुरेन्टले जनाएको छ। दुई हजार ८०० रुपैयाँमा रेस्टुरेन्टले यस्तो प्याकेज सुरु गरेको हो। युवापुस्तालाई लक्षित गरिएको रेस्टुरेन्टमा सेवाग्राहीले घरेलु र प्राकृतिक वातावरण प्राप्त गर्ने रेस्टुरेन्टका मार्केटिङ म्यानेजर प्रसन्न अधिकारीले बताए। 

उनले भने,‘अहिले जाडोको मौसम छ । युवाहरु नयाँ स्वादको खोजीमा हुन्छन् । उनीहरुलाई लक्षित गरेर हामीले ‘ब्रन्च’ सुरु गरेका हौं । ‘ब्रन्च’ सेवाग्राहीले सुसी, बेकरी, मिसो सुप लगायत एसियामा चर्चित खानाका परिकार घरेलु वातावरणमा खान सक्छन् । अनलिमिटेड कक्टेल, मक्टेल र बफेटको सुविधा पनि राखेका छौं । यसमा युवाहरूको आकर्षण बढ्दो छ ।’ 
 

सुझावित समाचार