कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको अक्सन सम्पन्न भएको छ। विभिन्न सात फ्रेन्चाइज टिमले ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने प्रतियोगिताका लागि अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरेका छन्। यस्तै, हरेक टिमले ड्राफ्टबाट तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन्।
शनिबार भएको अक्सनमा २३२ खेलाडी समावेश थिए। क्याटगोरी ‘ए’का ३४, क्याटगोरी ‘बी’का ९५ तथा क्याटगोरी ‘सी’का १०३ खेलाडीमध्ये ८४ खेलाडी बिक्री भए। आयोजक कोशी प्राइड प्रालिका निर्देशक अफजल हुसैनका अनुसार अक्सनमा क्याटगोरी ‘ए’ को मूल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मूल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको थियो। प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान)ले स्वीकृति दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ।
आकाश खड्का मालिक रहेको एभरेस्ट थन्डर्सले राष्ट्रिय टिमका करण केसी, सोमपाल कामी, युवराज खत्री र रञ्जित कुमारलाई ड्राफ्टबाट ल्याउँदा अक्सनबाट नारायण जोशी, आकाश त्रिपाठी, दीपेन्द्र रावत, रोशन विश्वकर्मा, पुजन विक, सलाहुद्दिन खान, सहिल पटेल, प्रज्ज्वल थापा, लोकेश जोशी, भोलाकुमार शाह, सिभम तिवारी र रविन्द्र मण्डललाई अनुबन्ध गरेको छ।
धर्म न्यौपाने मालिक रहेको नमुना ब्लास्टर्सले राष्ट्रिय टिमका नन्दन यादवसहित गौरव कटवाल र प्रकाश कार्कीलाई ड्राफबाट लिएको छ। यस्तै, अक्सनबाट अमित श्रेष्ठ, विपिन रावल, किरणकुमार ठगुन्ना, दयानन्द मन्डल, विपिन आचार्य, विपिन आचार्य, सन्दीप ढुंगाना, प्रतीक श्रेष्ठ, अभिशेष गौतम, राजु विश्वकर्मा, प्रभात राई, सचिन लेखक र नितेशकुमार यादव अनुबन्ध भएका छन्।
कल्पित ढकाल मालिक रहेको इटहरी आदर्श जायन्ट्सले कुशल मल्ल, भूपाल लुइँटेल, विनोद भण्डारी, दीपेश कँडेल र रूपेश सिंहलाई ड्राफ्टबाट अनुबन्ध गर्दा अक्सनबाट अर्जुन कुमाल, अमरसिंह रौटेला, युनिसविक्रम सिंह ठकुरी, सुनील धमला, नरबहादुर सार्की, समीर कार्की, आशुतोष घिरैया, श्रवण यादव, आकाश सर्राफ, विकल्प आचार्य, रितेश रोय र समीर तिमल्सिना भित्राएको छ।
बिर्तामोड हिट्सले राष्ट्रिय टिमका अलराउन्डर गुल्सन झा, शेर मल्लसँगै दिनेश अधिकारी, भीम सार्की र अर्जुन साउदलाई ड्राफ्टबाट अनुबन्ध गर्दा सन्तोष यादव, दीपक डुम्रे, विकास आग्री, रवीन्द्रजंग शाही, विवेक केसी, विशाल सुस्लिङ, सार्थक धिताल, अशोक धामी, राजेन्द्र बम, आयुष न्यौपाने, रूपक बराल र रोशन साउदलाई अक्सनबाट अनुबन्ध गरेको छ। टिमको मालिकका अनुराग प्रमानिक हुन्।
त्यस्तै, संजोक राणा मालिक रहेको पूर्वेली सुपर किंग्सले ड्राफ्टबाट ललित राजवंशी, मोहम्मद आदिल आलम, अर्जुन घर्ती, तृतराज दास, दिवन पुन र भरत कार्कीलाई अनुबन्ध गर्दा अक्सनबाट नरेन साउद, रिजन ढकाल, मयन यादव, आदिल खान, विशाल पटेल, इमरान शेख, चिराग शाह, दीपक पास्वन, सोनु शर्मा, अभिषेक कार्की, मोहम्मद समीर र अभिषेक शर्मालाई टिममा समावेश गरेको छ।
मोहम्मद सेराज अन्सारी मालिक रहेको बिएन कोशी अर्नासले फिर्दोष अन्सारी, सुजन थपलिया, सन्तोष कार्की र भुवन कार्कीलाई ड्राफ्टमा तानेको छ। शंकर राना, विपिन खत्री, हिमांशु दत्त, दीपेश श्रेष्ठ, शाकिव हक, सुमित श्रेष्ठ, कमल गुप्ता, लोकेन्द्रबहादुर चन्द, जोसक खड्का, कमललुद्दिन मियान, शिभान यादव र अफन ताहिरलाई अक्सनबाट अनुबन्ध गरेको छ।
गोर्खा एभेन्जर्सबाट कोशी प्राइड लिगमा शाहव आलम, बसिर अहमद, पवन सर्राफ, रसिद खान र देव खनाल खेल्दै छन्। सबै खेलाडी ड्राफ्टका हुन्। यता, अक्सनबाट दीपक बोहरा, आकाश चन्द, शुभ कंसाकार, दुर्गेश गुप्ता, अयजकुमार चौहान, उत्तम रंगु थापामगर, सन्दीपबहादुर रजाली, तुलबहादुर थापा, विक्रम खड्का, सन्दीप मौर्या, राजु भुसाल र रौनक श्रीवास्तव रहेका छन्।