स्वास्थ्य बिमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।  उनले आइतबार स्वास्थ्य मन्त्रालयमा राजीनामापत्र बुझाएका हुन्।

पछिल्लो समय ठुला संघीय अस्पतालहरूले नै स्वास्थ्य बिमा अवरुद्व पारेका छन्। सरकारबाट बिमाको भुक्तानी नहुँदा यसको सेवा कमजोर बनेको छ । बिमामा उपचार सेवा लिन आउने सेवाग्राहीहरूले सास्ती खेप्ने गरेका छन्।

हाल स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी  गर्न बाँकी छ ।  उक्त रकम अर्थ मन्त्रालयले दिन आनाकानी गरिरहेको छ । सरकारबाट भुक्तानी नभएपछि सेवा प्रदायकले बिमा कार्यक्रम रोकेका छन्।

सुझावित समाचार