पहिलो ‘इप्पान जर्नो अवार्ड’ नयाँ पत्रिकाका मिलन विश्वकर्मा र कान्तिपुरकी सीमा तामाङलाई

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले प्रदान गर्ने पहिलो ‘इप्पान जर्नो अवार्ड– २०२६’ नयाँ पत्रिकाकर्मी मिलन विश्वकर्मा र कान्तिपुरकी पत्रकार सीमा तामाङलाई प्रदान गरिएको छ।

ऊर्जा क्षेत्रमा निरन्तर र गुणस्तरीय रिपोर्टिङ गर्ने एक पुरुष र एक महिला पत्रकारलाई सम्मान गर्ने उद्देश्यसहित इप्पानले यस वर्षदेखि ‘इप्पान जर्नो अवार्ड’ वितरण सुरु गरेको हो। पहिलो वर्षको अवार्ड खुला प्रतिस्पर्धामार्फत छनोट गरिएका विश्वकर्मा र तामाङलाई प्रदान गरिएको इप्पानले जनाएको छ। दुवै पत्रकार लामो समयदेखि ऊर्जा क्षेत्रमा कलम चलाउँदै आएका छन्।

आइतबार काठमाडौंमा आयोजित २६औँ इप्पान डे कार्यक्रमका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले संयुक्त रूपमा नगद ५१ हजार रुपैयाँसहितको अवार्ड प्रदान गरेका हुन्।

इप्पानले ऊर्जा क्षेत्रका विषयलाई सार्वजनिक बहसमा ल्याउन र खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्न यो अवार्ड स्थापना गरिएको जनाएको छ।

सुझावित समाचार