बारामा म्यादी प्रहरीका लागि ८ हजार ४३७ जनाको आवेदन

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरीका रूपमा खटाइने म्यादी प्रहरीमा भर्ना हुन बारामा ८ हजार ४३७ जनाले आवेदन दिएका छन्।

पुस २५ गतेदेखि सुरु भएको आवेदन प्रक्रिया हिजोसम्म सञ्चालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नेपाल प्रहरीतर्फ पुरुष ५ हजार ५८१ जना र महिला १ हजार १९२ जना गरी कुल ६ हजार ७७३ जनाले आवेदन दिएका छन्।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपालतर्फ पुरुष १ हजार ४७१ जना र महिला १९३ जना गरी कुल १ हजार ६६४ जनाले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैतर्फ गरी कुल ८ हजार ४३७ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाराले ४ हजार ३४ जना म्यादी प्रहरीको माग गरेको छ। मागभन्दा दोब्बरभन्दा बढी आवेदन परेपछि प्रतिस्पर्धा कडा हुने देखिएको छ।

आवेदन दिएका उम्मेदवारहरूको छनोट प्रक्रिया चाँडै सुरु गरिने र आवश्यक तालिमपछि निर्वाचन सुरक्षामा खटाइने जनाइएको छ।

सुझावित समाचार