हामी मुठभेड गरेर पार्टी कार्यालय प्रवेश गर्दैनौँ : पुष्पा भुसाल

शनिबार, ३ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले आफूहरू मुठभेड गरेर केन्द्रीय कार्यालय सानेपा प्रवेश नगर्ने बताएकी छिन्। शनिबार पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकस्थल बानेश्वरमा पत्रकारसँग कुरा गर्दै नेतृ भुसालले सौहार्दपूर्ण तरिकाले जाने बताइन्।

‘हामी कुनै शक्ति वा सरकारको शक्ति प्रयोग गरेर हामी प्रवेश गर्दैनौँ। उपयुक्त समयमा हामी केन्द्रीय कार्यालयबाटै केन्द्रीय कार्यसममिति बैठक सम्पन्न गर्छौँ।’ युवाहरूको आकर्षण नेपाली कांग्रेसप्रति बढेको पनि बताइन्। आकर्षणलाई भरोसामा परिणत गर्न निर्वाचन अवसर छ त्यसका लागि आफूहरू अगाडि बढ्ने उनले उल्लेख गरिन्। 

सुझावित समाचार