मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीतिक भेटघाट तथा बैठकमा समय बित्नेछ । अरूको मन जित्न सकिनेछ । नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा मन जाला । राजनीति र नोकरीमा उन्नति होला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ । बिहीबारदेखि खर्च अलि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सार्वजनिक पदमा बसेर सेवाप्रवाह गर्नेहरूले तपाईंको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ । अधुरा काम बन्ने समय छ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । बिहीबारदेखि केही झमेला, विवाद र चोटपटकको योग छ, सचेत रहनुहोस् । कामको दायित्व बढे पनि प्रयत्न गर्दा इच्छाएको वस्तु प्राप्त होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) न्यायिक निर्णय तपाईंकै पक्षमा हुनेछ । चुनौतीलाई किनारा लगाउँदै काम बनाउन सकिनेछ । व्यापार–व्यवसायमा फाइदा होला । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । शत्रुबाधा समाप्त होला । प्रशस्त धनलाभ हुनेछ । अप्ठ्यारा चुनौतीलाई पनि सजिलै पन्छाउन सकिनेछ । प्रेम र मित्रताको गाँठो कसिनेछ । व्यवसायमूलक भ्रमण सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पनि पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी हुनेछ । बुधबारदेखि व्यापार–व्यवसायमा फाइदा हुनेछ । पढाइलेखाइमा प्रगति होला । गुरुजनको साथ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । काममा उत्साह थपिनेछ । चुनौती सजिलै पार लाग्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) न्यायालयबाट हुने न्यायसम्पादन तपाईंकै पक्षमा फैसला हुनेछ । यात्राको प्रबल सम्भावना रहेको छ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धनआर्जन गर्ने मौका छ । बिहीबार भने समय अलि कमजोर रहला । पढाइलेखाइको गतिमा कमी आउने देखिन्छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । सप्ताहान्तमा व्यवसायबाट लाभ होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) राजनीति तथा सामाजिक काममा आलोचनासहितको समर्थन र पदप्राप्तिको योग रहेको छ । मानसम्मान बढ्नेछ । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । आत्मबल बढ्नेछ । गरेका कामबाट प्रशस्त फाइदा हुने योग रहेको छ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । प्रतिस्पर्धीहरूले हार खालान् । कृषि र व्यापारमा लाभ मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचनाको सामना गर्नुपर्नेछ । कामबाट विश्राम लिने मौका छ । प्रियजनसँग भेटघाटको समय छ । विभिन्न उपहारसमेत पाइएला । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । बोलीकै भरमा काम बन्ने देखिन्छ । आतिथ्यपूर्ण सम्मान र सहयोगीहरूबाट साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सुरुमा अलि दौडधुप गर्नुपर्ला, खर्चको मात्रा पनि बढ्नेछ । तापनि, अनुकूल स्थानान्तरण र यात्राको सम्भावना रहेको छ । शरीरमा आरोग्य एवं स्फुर्ती बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मन पर्ने वस्त्र, अलंकार आदि लाभ होलान् । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । मानसम्मान पाइनेछ । आम्दानी पनि प्रशस्तै हुनेछ । सहयोगीहरू जुट्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यमबाट धेरै काम गर्न सकिनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । बुधबार भने आकस्मिक खर्च बढ्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । बिहीबारदेखि काममा उत्साह, आरोग्य एवं स्फूर्ति बढ्नेछ । भेटघाटले प्रसन्नता मिल्नेछ । राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रेममा एक–अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवनसाथीको सहयोगले राम्रो काम गर्न सकिनेछ । नयाँ काम गर्ने मौका छ । रोकिएका काम बन्ने समय आएको छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । अरूलाई प्रभावित पारेर काम बन्ने समय रहेको छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । आम्दानी पनि प्रशस्तै हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । मंगलबारपछि भने केही समस्या पर्नेछ । चोटपटक लाग्ने, अस्वस्थ भइने र सानातिना काममै अल्झिनुपर्ने समस्या आउला । बिहीबार साँझदेखि स्थितिमा सुधार आई समय अनुकूल बन्नेछ । धर्मकर्ममा मन जाला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साताको प्रारम्भबाटै बिस्तारै नयाँ जिम्मेवारी पाइनेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । मानसम्मान बढ्नेछ, प्रशंसा पाइएला । रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । आय–आर्जनमा सुधार आउनेछ । अरूको मन जित्न सफल भइनेछ । कर्मसिद्धिको समय छ ।