नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले कानुन र विधानविपरीत निर्णय गरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।
शुक्रबार सानेपामा पत्रकार सम्मेलन गर्दै देउवा पक्षले कांग्रेसको विधानविपरीत आयोगले निर्णय गरे वडा र गाउँगाउँदेखि नै आन्दोलन गर्ने चेतावनी दिएको हो।
‘यदि निर्वाचन आयोगले षड्यन्त्रमा परेर, दबाबमा परेर, लोकतन्त्र र संविधानमाथि मडारिने कालो बादललाई साथ दिँदै नेपाली कांग्रेसको विधानविपरीत अन्यथा निर्णय गर्याे भने देशभर आन्दोलन गर्नुबाहेक हामीसँग विकल्प छैन,’ खड्काले भने।