पार्टीको झन्डा ओढेर पार्टीलाई नै ध्वस्त पारियो : मीन विश्वकर्मा

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस संस्थापन पक्षका नेता मीन विश्वकर्माले पार्टीको झन्डा ओढेर पार्टीमाथि नै आक्रमण गरेको टिप्पणी गरेका छन्।

जेन–जी आन्दोलनमा राष्ट्रिय झन्डा ओढेर देश जलाएको भन्दै नेता विश्वकर्माले त्यसैगरी पार्टीको झन्डा ओढेर पार्टीलाई नै ध्वस्त पारिएको बताए।

‘हामीले भदाै २४ मा राष्ट्रिय झन्डा ओढेर देश जलाउँछन् भन्ने कल्पनै गरेका थिएनौँ। त्यस्तै गरी, पार्टीको झन्डा ओढेर पार्टीलाई निर्वाचनको मुखमैमा पुगेको वेलामा पार्टीलाई यो अवस्थामा पुर्याउँछन् भन्ने कल्पनै गरेका थिएनौँ,’ सानेपामा आयोजित पत्रकार सम्मेलनमा विश्वकर्माले भने।

सुझावित समाचार