विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका गगन थापा नेतृत्वको कांग्रेस आज पनि निर्वाचन आयोग जाने भएको छ । कांग्रेसबिचको समस्या पेचिलो बन्दै गएको छ । थापा समूहले आफूहरू आधिकारिक पार्टी भएको भन्दै आयोगमा हिजो दाबी पेस गरेकाे थियाे ।
त्यस्तै संस्थापन नै आधिकारिक भन्दै आज शेरबहादुर देउवा समूहले पनि दाबी पेस गरेपछि आयोगले दुवै पक्ष राखेर छलफल गर्न लागेको हो । थापा समूह दिउँसो २ बजे आयोग जाने जनाइएको छ ।