ज्योति विकास बैंक लिमिटेडले जिल्ला अदालत कास्कीलाई कम्प्युटर सेट सहयोग गरेको छ । जेन–जी आन्दोलनका क्रममा २४ भदौमा आगजनी तथा तोडफोड हुँदा अदालतको दैनिक काम–कारबाही प्रभावित भएको थियो । काम–कारबाहीमा सहज होस् भन्ने उद्देश्यसहित बैंकले सहयोग गरेको हो ।
बैंकका गण्डकी क्लस्टर तथा प्रदेश प्रमुख सुजित नेपाल र बैंकको पोखरा न्युरोडस्थित पोखरा शाखा प्रमुख रेशमलाल श्रेष्ठले डेल ब्रान्डका दुई थान कम्प्युटर सेट अदालतलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको प्रमुख नेपालले जानकारी दिए ।
प्रदर्शनका क्रममा अदालतको सूचना प्रविधि प्रणालीमा क्षति पुगेको थियो । यो सहयोगले अदालतको दैनिक कार्य एवं सेवा प्रवाहलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।