प्रभु बैंकको २४औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सम्बन्धित सबै अनुसूचीहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको हो ।
त्यसैगरी, साधारणसभाले प्रभु बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड तथा प्रभु स्टक मार्केट लिमिटेडको गत आवकोे एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ । सभामा छलफलका लागि प्रस्तुत गरिएका सम्पूर्ण प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन भएका छन् ।