एनआइसी एसियाको सञ्चालकमा राजभण्डारी

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण

एनआइसी एसिया बैैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छिन् । उनी बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् ।

नवनियुक्त सञ्चालक राजभण्डारीले समितिका अध्यक्ष अशोककुमार अग्रवालबाट पद तथा गोपनीयताको शपथग्रहण लिएकी छिन् । बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीसँग बैंकिङ क्षेत्रमा झन्डै तीन दशकको कार्यानुभव छ । 

सुझावित समाचार